एजेन्सी । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समय दिउँसो १:३३ बजे गएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ।
यसपछि इवातेको ओफुनाटो शहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।
मौसम एजेन्सीका अनुसार, ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ। छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ।
प्रतिक्रिया