• २०८३ असार ३० | Tue, 14 Jul 2026

मण्डनदेउपुरबाट हराएकी बालिका ललितपुरकाे इमाडाेलमा फेला

मण्डनदेउपुरबाट हराएकी बालिका ललितपुरकाे इमाडाेलमा फेला

काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका वडा नं-१० निवासी कालुमान तामाङकी छोरी वर्ष १४ कि सुमिना तामाङ गत कार्तिक १५ गतेदेखि सम्पर्कबिहीन भएकाेमा कार्तिक २३ गते ललितपुरकाे इमाडाेलमा फेला परेकी छिन् ।

उनी कार्तिक १५ गतेदेखि मण्डनदेउपुर वडा नं-१० कै तीनधारा भन्ने स्थानबाट हराएकी थिइन् । वडानम्बर १० का वडाध्यक्ष कुमार तामाङ माेक्तानका अनुसार उनी इमाडोल प्रहरी चौकीमा फेला परेकी हुन् ।

यसअघि खाेजीका लागि विभिन्न स्थान पुग्दासमेत फेला नपरेपछि सार्वजनिक सूचनासमेत जारी गरिएकाे थियाे । उनी कसरी इमाडाेल चाैकीमा पुगिन् भन्ने बारेमा भने साेधपुछ भइरहेकाे बताइएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २६, बुधबार ०२:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP