• २०८३ भाद्र १८ | Thu, 03 Sep 2026

लगातार दश वटा बैठकमा अनुपस्थित मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त (सूचीसहित)

लगातार दश वटा बैठकमा अनुपस्थित मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त (सूचीसहित)

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ।

पदमुक्त हुनेहरुमा सर्लाहीका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिषकुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार छन् ।

प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दश वटा बैठकमा अनुपस्थित रहेका कारण उनीहरूको पद रिक्त भएको हो ।

नेपालको संविधानको धारा १८२(६) र प्रदेशसभा नियमावली २०७५ को नियम १८५ बमोजिम पद रिक्तसम्बन्धी सूचना जारी गरिएको सचिवालयले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २८, शुक्रबार ०१:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP