काठमाडाैं । भदाै २३ र २४ गतेकाे आन्दाेलनपछि अप्रत्यासितरुपमा नेतृत्व लिनुपर्ने अवस्थामा पुगेका जेनजी युवाहरु कसरी अघि बढ्ने भनेर आन्तरिक छलफलमै रहेका छन् ।
तर उनीहरुमा कसलाई अघि सार्ने भन्ने अझै अन्याेल रहेकाे देखिन्छ । यहाँसम्म कि सेना वा राष्ट्रपतिसँग वार्ताका लागि कसलाई लैजाने भन्ने व्यक्ति नै छैन । याे हाेला कि त्याे हाेला भन्नेमै अहिलेसम्म निधाे गरेका छैनन् ।
कसैले पूर्वप्रधानन्याधिश शुशीला कार्की, काठमाडाैंका मेयर बालेन वा सागर ढकालकाे नाम अघि सारिरहेका छन् । यी मध्ये विकल्पमा काे भन्ने पनि छलफलमै छन् ।
यसैबीच सागर ढकालले अरु काेही नभए म नेतृत्व लिन तयार रहेकाे छु भनेर सामाजिक सञ्जालमा लेखेका छन् । उनले भनेका छन् , ‘प्रिय Gen G साथीहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भूमिका निभाउन तयार छु। धेरैले म नै हुन्छु भन्नुभएको छ, म त्यो लाइनमा छैन, म पछि बसेर काम गर्न तयार छु । व्यक्तिगत आवश्यक्ता र इच्छा गौण हुन् , राष्ट्रिय आवश्यक्ता महत्वपूर्ण हो। प्रधानमन्त्री छान्नको लागि कानुन बिधि पद्धति, संविधान हेर्नुपर्छ। छोटो समयमा हजुरले रुचाएको प्रधानमन्त्री हजुरहरुले पाउनु हुन्छ। मैले यसमा सकेको सहयोग गर्नेछु। छिट्टै काठमाडौंमै भेटौँला।’

प्रतिक्रिया