मेलम्ची । दि सिन्धुपाल्चोक विजनेस क्लवले मेलम्चीमा कात्तिक ५ गते भएको आगलागी पीडितलाई सहयोग गरेको छ ।
आज मेलम्ची नगर उद्योग बाणिज्य संघमार्फत अधिकारी फेन्सिका संचालकलाई ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य नयनबहादुर पण्डितले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ , उपाध्यक्ष अमृत खडका, कोषाध्यक्ष रामचन्द्र पराजुली , मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर धिताल लगायत सहभागी हुनुहुन्थ्यो ।
कात्तिक ५ गते मेलम्ची बजारमा दिनेश अधिकारीको उक्त फेन्सि स्टोर आगलागीले पूर्ण क्षति भएको थियो । संस्थाले बिभिन्न समयमा यस्तै सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया