काठमाडौँ । शेयर कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अंकले घटेको छ ।
आइतबार नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २ हजार ५४०.५७ विन्दुमा पुगेको हो।
आज १६८ वटा कम्पनीको मूल्यमा गिरावट आयो भने ७४ वटा कम्पनीको मूल्य बृद्धि भयो । कारोबारमा १४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।
आइतबार सागर डिस्टिलरीका बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने भूगोल इनर्जी डेभलपमेन्टको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज होटेल तथा पर्यटन र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक घटेकाे छ।
प्रतिक्रिया