• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सबैको मनमा बसेका चलचित्र परानका कान्छा ‘महेश’

सबैको मनमा बसेका चलचित्र परानका कान्छा ‘महेश’

काठमाडाैँ । चलचित्र परानले यतिबेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ ।

परानमा धर्मनाथ नीर शाहका कान्छा छोराको रुपमा अभिनयन गरेका गोपीनाथ अर्थात महेश त्रिपाठीबीचका संवादहरुले चलचित्र घरहरुमा आउने दर्शकहरुका आँखा रसाएका छन् । चलचित्र हेरेर बाहिर निस्केका अधिकांश दर्शकहरुमा परानका परान बनेका महेश अहिले सबैतिर चर्चामा छन् ।

फरक फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जीवनकै ठूलो सफलता दिलाएको छ । हल्कारामा हुलाकीको पात्रमा हुँदा अमेरिकाको पुरानो प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका महेशले बक्स अफिसको स्वाद भने चाख्न पाएका थियनन् ।

अघिल्लो वर्ष प्रदर्शन भएका लाज शरणम र फेरी रेशम फिलिलीमा उनले कार्णालीको सन्देश र समलिङ्गीको पात्रमा देखाएको अभिनय क्षमताको निकै तारिफ भएको भयतापनि व्यवसायिक सफलता पाउन सकिरहेको थिएन । कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको परानमा नीर शाह र उनका संवादले चलचित्रलाई जुरुक्क बाेकेका छन् र प्रत्येक दर्शकको मानसपटलमा यसरी बसेका छन् की हरेक दर्शकले आफूमा महेशलाई महशुस गर्छन् ।

कास्कीकोटमा रोवट बनाउँदै हुर्किएका महेश इन्जिनिएर सकेर फिल्म पढ्न काठमाडाैं हानिएका थिए । महेशले अभिनय गरेका चलचित्रहरुमा दर्शकहरुले फरक फरक स्वादको अनुभूती गरेका छन् । खजुरे ब्राे देखि चपली हाइट, प्रसाद २ मा उनका संवाद र अभिनयले दर्शकलाई छुट्टै जोनमा लगिदिन्छ ।

परानमा नबाेलेरै मनका कुरा बुझ्ने भएर त बा भएका होलान् भन्ने दृश्यमा धेरैको मन स्थिर बनाइदिन्छ । परानमा उनले नीर शाहसँग गरेको अभिनयले उनलाई आम दर्शकसम्म पुर्‍याएको छ । अहिले महेश कलाकारिता क्षेत्रका व्यस्त कलाकार हुन् । छत्तिसको आँकडा, ककाकीकी को सुटिङमा ब्यस्त छन् भने सफल चलचित्र झिङ्गे दाउको सिक्वयलमा समेत उनी प्रमुख पात्रको रुपमा अनुबन्धित भएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ९, मंगलवार १३:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP