• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

थपिएको ऋणभन्दा भुक्तानी धेरैः तिर्नुपर्ने ऋण २७ खर्ब नाघ्यो

थपिएको ऋणभन्दा भुक्तानी धेरैः तिर्नुपर्ने ऋण २७ खर्ब नाघ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउनदेखि कात्तिकसम्म) मा थपिएको सार्वजनिक ऋणभन्दा सरकारले तिरेको साँवाब्याजको रकम धेरै हुन पुगेको छ । कात्तिकसम्म सरकारले एक खर्ब ३८ अर्ब ७५ करोड ऋण लिएकोमा एक खर्ब ५० अर्ब ८८ करोड रुपियाँ ऋणबापतको साँवाब्याज भुक्तानी गरेको छ ।

सरकारले लिने ऋणको हिसाबकिताब राख्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको कात्तिकसम्म सरकारले लिएको कुल ऋणमध्ये एक खर्ब २० अर्ब रुपियाँ आन्तरिक ऋण रहेको छ। बाँकी १८ अर्ब ७५ करोड रुपियाँ बाह्य ऋण रहेको कार्यालयले उल्लेख गरेको छ।

समीक्षा अवधिमा सरकारले आन्तरिक ऋणबापतको एक खर्ब ३१ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गरेको छ । जसमध्ये एक खर्ब १२ अर्ब २६ करोड साँवा र १९ अर्ब ३९ करोड रुपियाँ ब्याज भुक्तानी रहेको छ ।

त्यस्तै कात्तिकसम्म बाह्य ऋणबापत सरकारले १९ अर्ब २३ करोड रुपियाँ भुक्तानी गरेको कार्यालयले जनाएको छ । कुल बाह्य ऋण भुक्तानीमध्ये १५ अर्ब ३५ करोड रुपियाँ साँवा र तीन अर्ब ८८ करोड रुपियाँ ब्याज भुक्तानी छ । सरकारले गरेको यो भुक्तानी विगतका वर्षमा लिएको ऋणबापतको हो ।

चालु वर्षमा थपिएको समेत मुलुकले तिर्नुपर्ने कुल ऋणको दायित्व अहिलेसम्म २७ खर्ब २९ अर्ब ४१ करोड रुपियाँ पुगेको छ, जसमध्ये १२ अर्ब ७५ अर्ब रुपियाँ ९६ करोड रुपियाँ आन्तरिक र १४ खर्ब ५३ अर्ब ४५ करोड रुपियाँ बाह्य ऋण रहेको छ । नेपालले तिर्नुपर्ने कुल ऋणको दायित्व मुलुकको अर्थतन्त्रको आकारको अनुपातमा ४४.६९ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।

ऋण भुक्तानीपछि चालु वर्षको चार महिनामा सरकारले तिर्नुपर्ने खुद ऋण दायित्व भने गत आवभन्दा ५५ अर्ब ३६ करोड रुपियाँ थपिएको छ । यो साँवाब्याज भुक्तानीपछि कायम ऋण हो ।गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ११, बिहीबार ०१:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP