• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

इन्धनको मूल्य आकाशिँदा घटे आन्तरिक उडानका यात्रु

इन्धनको मूल्य आकाशिँदा घटे आन्तरिक उडानका यात्रु

काठमाडौँ । नेपालको आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ । जसको मुख्य कारण हो, उड्डयन इन्धनको भाउ बढेसँगै वृद्धि भएको टिकटको मूल्य ।

नेपालको सबैभन्दा ठूलो निजी विमान कम्पनी बुद्ध एयरले आफ्नो दैनिक यात्रु संख्या १५ सयले घटेको जनाएको छ । मूल्यवृद्धि हुनुअघि दैनिक ८ हजार यात्रुले बुद्ध एयरमार्फत यात्रा गर्थे ।

‘यात्रु कम भएपछि हामीले दैनिक कम्तीमा २५ प्रतिशतले उडान घटाएका छौं,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘एयरलाइन्सको कुल खर्चमा इन्धन खर्च मात्रै २५–३० प्रतिशत हुन्थ्यो, अहिले ५० प्रतिशत पुगेको छ ।’ कम्पनीको मुनाफामा यसले असर गरेको उनले बताए ।

एयरलाइन्सहरुले दोहोरो मार खेप्नुपरेको उनको भनाइ छ । बस्नेतका अनुसार अमेरिकी डलरको भाउ बढ्दा पाटपूर्जा महँगो भइरहेका छन् । मूल्यवृद्धिले सञ्चालन खर्च बढिरहेको छ ।

नेपाल आयल निगमले गत साता उड्डयन इन्धनको मूल्य बढाएर इतिहासकै उच्च बनाएको छ । पश्चिम एसियामा जारी संकटले यस्तो निर्णय गर्नुपरेको निगमले जनाएको छ ।

१ अप्रिलमा उड्डयन टर्बाइन इन्धन (एटीएफ) को मूल्य अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि ७७ दशमलव ६३ प्रतिशतले बढाएर १७ सय १६ प्रति किलोलिटर काठमाडौं, पोखरा र भैरहवाका लागि तय गरिएको छ । यसअघि १९ जुन २०२२ मा सबैभन्दा उच्च १६ सय ४५ प्रति किलोलिटर पुगेको थियो । कान्तिपुर दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ५, शनिबार ०१:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP