• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

एक सातामै ७० प्रतिशतसम्म महँगियो तरकारी

एक सातामै ७० प्रतिशतसम्म महँगियो तरकारी

काठमाडौँ । हरियो तरकारीको भाउ बढ्न थालेको छ । पछिल्लो एक सातामा करिब दुई दर्जन तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सबैभन्दा बढी चिचिन्डो सातामा प्रतिकिलो १७ रुपैयाँबाट २९ रुपैयाँ पुगेर १२ रुपैयाँ महँगिएको हो ।

चिचिन्डोको भाउ ७०.५९ प्रतिशत बढेको हो । त्यस्तै, साताअघि ४५ रुपैयाँ औसत मूल्य रहेको भिन्डीको कालीमाटी बजारमा आइतबार ७५ रुपैयाँ औसत मूल्य निर्धारण भएको छ । भिन्डीमा प्रतिकिलो ३० रुपैयाँ (६६.६७ प्रतिशत) भाउ बढेको हो । व्यवसायीका अनुसार बेमौसमी उत्पादन र भारतबाट आयात हुने सीमित तरकारीमा मूल्य बढ्न थालेको हो । आन्तरिक उत्पादन पर्याप्त भएका केही तरकारीको भाउ भने घटेको छ ।

भारतबाट आयात भएको गोलभेँडा, रातो आलु र सुकेको प्याजको भाउ पनि सामान्य वृद्धि भएको कालीमाटी बजारले जनाएको छ । २२ भदौमा ७४.७५ रुपैयाँ प्रतिकिलो रहेको भारतीय गोलभेँडाको शुक्रबार औसत मूल्य ७७ रुपैयाँ निर्धाण भएको थियो ।

त्यस्तै, २६.४० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको भारतीय रातो आलुको ३७ रुपैयाँ मूल्य निर्धारण भएको थियो । भारतीय गोलभेँडा र आलुको औसत भाउ क्रमशः २.२५ रुपैयाँ र १०.६ रुपैयाँ प्रतिकिलो बढेको हो । त्यस्तै, सुकेको प्याजको भाउ एक रुपैयाँ बढेर प्रतिकिलो ३८ निर्धारण भएको छ । मुडेको रातो आलु पनि पाँच रुपैयाँ बढेको छ ।नयाँपत्रिका दैनिकमा खबर छ



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार ०२:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP