• २०८३ असार ३२ | Thu, 16 Jul 2026

काठमाडौँका विभिन्न स्थानबाट पेस्तोल तथा रिभल्भरसहित पाँच जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट पेस्तोल तथा रिभल्भरसहित पाँच जना पक्राउ

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट पेस्तोल २ थान र म्याग्जिन १ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौँ महानगरपालिका-२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका-३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

यसैगरी काठमाडौँ, नागार्जुन नगरपालिका-६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका ४१ वर्षीय मनोजकुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्डसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फस्कुसमेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका-२१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १२, शुक्रबार १३:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP