• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन् । काठमाडौँकाे तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुलबहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थानसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्रामसहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्रामसहित काठमाडौँ तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओमनारायण राजबंशी र २९ वर्षीय मनोज राजबंशी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुर बस्ने २३ वर्षीय कमलेश कुमार गद्दीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ डुडुवा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१३ बस्ने २२ वर्षीय सोम सागर परियारसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्रामसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार ०८:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP