• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माइतीघर मण्डलामा प्रदर्शन

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माइतीघर मण्डलामा प्रदर्शन

काठमाडाैँ । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औँ वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ ।

यसैक्रममा काठमाडौँको माइतीघर मण्डलामा मंगलबार भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचारविरोधी अभियन्ताहरूको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले “भ्रष्टाचार मुर्दावाद”, “सुशासन जिन्दावाद”, “भ्रष्टाचारको अन्त्य गर” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका छन् ।

भ्रष्टाचारविरुद्धको यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर मनाइन्छ । नेपालले सन् २००३ मा पारित उक्त महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २३, मंगलवार ०९:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP