काठमाडाैं । प्रहरीले नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९२ ट्याब्लेटसहित बागलुङ जैमिनी नगरपालिका-५ बस्ने २२ वर्षीय तिलक शर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बा.प्र ०३-००१ ख २८६४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता मोरङ, रतुवामाई नगरपालिका-६ गणेश मन्दिर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पास्मो ३० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय कविन खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया