• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

शब्दयात्रा प्रकाशनद्वारा विभिन्न व्यक्तित्व सम्मानितः लता केसीमा लघुकथा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनद्वारा विभिन्न व्यक्तित्व सम्मानितः लता केसीमा लघुकथा पुरस्कार समर्पण

बनेपा । शब्दयात्रा प्रकाशन बनेपाले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ ।
शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ जस्ता लघुकथा सङ्ग्रहहरूका माध्यमबाट लघुकथा विधामा योगदान दिनुभएकोमा उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र र ५ हजार ५ रुपियाँ भेटीसहितको उक्त पुरस्कार समर्पण गरिएको हो ।
साहित्यकार अम्बिका धितालद्वारा पितामाताको स्मृति र सम्मानमा व्यवस्थापित यो पुरस्कार शनिबार पहिलोपटक समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्न आयोजित समारोहमा समुपस्थित सम्पूर्ण सहभागीहरूका तर्फबाट पुरस्कृत व्यक्तित्व लता केसीको वाङ्मयिक कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको बेहोरा अभिवन्दनापत्रमा उल्लेख छ ।
अभिवन्दनापत्रमा पुरस्कार कोषका व्यवस्थापक अम्बिका धिताल, चयन समितिका सदस्य निर्मला श्रेष्ठ र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको हस्तखत रहेको छ ।
पुरस्कार समर्पण गर्ने क्रममा कृष्णमणि कुइकेलले माला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
साेही अवसरमा शब्दयात्राले मुरहरि रायमाझी, प्रकाशबहादुर कायस्थ, दामाेदर घिमिरे शारदा घिमिरे भैल र दण्डपाणि अधिकारीमा विद्वतवृत्ति, तुलसी गिरी कृष्ण किसी र पत्रकार शुभराज अधिकारीमा कदरपत्र पनि प्रदान गरेकाे छ । यस्तै प्रभा अधिकारी, सबिना याेन्जन र राेजिना बमजनमा छात्रवृत्ति समर्पण गरिएकाे छ । यस्तै डा.इन्दुल केसी र केदारनाथ तिमल्सिनाका कृतिहरुकाे पनि सार्वजनिक गरिएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार १३:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP