• २०८३ असार ३१ | Wed, 15 Jul 2026

क्यौलेठानाका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

क्यौलेठानाका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेकाे क्यौलेठाना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार विद्यालय पोशाक (सट, पाइन्ट) वितरण कार्यक्रम सम्पन्न भएकाे छ।

मेलम्ची नगपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता, वडा सदस्य पूर्णबहादुर तामाङको विशेष आतिथ्यता र अन्य अतिथीहरुको उपस्थितीमा विद्यालय पोशाक वितरण गरिएकाे थियाे । विद्यार्थीलाई साङ्ग क्षेलिङ गाेन्पा पाँचपोखरी थाङ्पाल गाउँपालिका-८ नौलिङ्ग , ओख्रेनीका संस्थापक लाेपाेन पेमा रिन्क्षेनकाे आर्थिक सहयाेगमा पाेशाक वितरण गरिएकाे हाे ।

कार्यक्रममा बाेल्दै उपप्रमुख प्रधानले क्याैलेठाना आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन आफ्नाे तहबाट सबै सहयाेग हुने बताउँदै शिक्षण सिकाईलाई प्रभावकारी बनाउन अनुराेध गर्नुभयाे । यस विद्यालयमा प्रचुर सम्भावना रहेकाे र सबै बालबालिका जनजाति रहेकाले यस समुदायकाे उत्थान गर्नु आजकाे आवश्यकता रहेकाे कुरामा उहाँले जाेड दिनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको सभाध्यक्षतामा भएकाे कार्यक्रममा कक्षा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि पाेशाक वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ४, शुक्रबार १३:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP