• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । आज सुन नाै सयले बढेकाे हाे ।

साेमबार तोलामा तीन हजार रुपैयाँले बढेको सुन मंगलबार ५ हजार ५०० ले बढेकाे थियाे ।

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ ।

यता आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। आज चाँदी चार हजार ४२० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले बढेको हो । याे मूल्य हालसम्मकै उच्च हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ९, बुधबार ०६:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP