• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्सेमा सामान्य अंककाे बृद्धि, कति भयाे काराेबार ?

नेप्सेमा सामान्य अंककाे बृद्धि, कति भयाे काराेबार ?

काठमाडौँ । बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेकाे छ। यससँगै नेप्से २ हजार ५८५.८७ को विन्दुमा कायम भएको छ।

आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको कारोबार भएको छ ।

आज १११ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एसवाई प्यानलको सर्वाधिक १४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.३२ प्रतिशतका दरले कमाएका छन् । ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ९, बुधबार ०९:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP