• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज पनि केही स्थानमा विद्युत कटाैती हुने, कहाँ कहाँ काटिन्छ लाइन ?

आज पनि केही स्थानमा विद्युत कटाैती हुने, कहाँ कहाँ काटिन्छ लाइन ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विजुली कटौती हुने जनाएको हाे ।

प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगत कार्य गरिरहेको र भूमिगत कार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि विजुली कटौती गर्न लागिएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा विजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १२, शनिबार ००:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP