• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

एक हप्तामा प्रतितोला १० हजार नाै सयले बढ्यो सुनको मूल्य, चाँदीमा ५६० रुपैंयाँले बृद्धि

एक हप्तामा प्रतितोला १० हजार नाै सयले बढ्यो सुनको मूल्य, चाँदीमा ५६० रुपैंयाँले बृद्धि

काठमाडौँ। नेपाली बजारमा गत हप्ता सुनकाे मूल्य बढेकाे छ । हप्ताभरिकाे काराेबारमा प्रतितोला १० हजार नाै सयले भाउ बढेकाे हाे ।

पुस ४ गते शुक्रबार प्रतिताेला २ लाख ५८ हजार ४०० मा काराेबार भएकाे सुन आइतबार २ लाख ५८ हजार ३०० मा काराेबार भयाे ।

यस्तै साेमबार ३ हजार ४०० ले बढेर २ लाख ६१ हजार ७०० मा र मंगलबार पाँच हजार पाँच सयले बढ्दै २ लाख ६७ हजार २०० मा काराेबार भएकाे थियाे ।

बुधबार २ लाख ६८ हजार १०० र बिहीबार २ लाख ६७ हजार पाँच सयमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने एक हजार ८०० ले बढ्दै २ लाख ६९ हजार ३०० पुगेकाे थियाे । याे हालसम्मकै उच्च मूल्य हाे ।

यस्तै चाँदीकाे मूल्यमा पनि उच्च बृद्धि भएकाे छ । गत साता शुक्रबार प्रतिताेला ४ हजार ५ मा काराेबार भएकाे सुन याे हप्ताकाे शुक्रबारसम्म आइपुग्दा ४ हजार ५६५ रुपैंयाँमा काराेबार भएकाे थियाे । एक हप्तामा चाँदी ५६० रुपैंयाँले बढेकाे हाे । याे मूल्य हालसम्मकै उच्च हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १२, शनिबार ०८:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP