• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्र बैंकद्वारा मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकद्वारा मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५ पैसा गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १९, मंगलवार ०६:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP