• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेमा १४ हजार २९५ मतदाता थपिएः कूल संख्या ३ लाख २६ हजार ६११ पुग्याे

काभ्रेमा १४ हजार २९५ मतदाता थपिएः कूल संख्या ३ लाख २६ हजार ६११ पुग्याे

धुलिखेल । काभ्रेमा १४ हजार २९५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएकाे पछिल्लाे तथ्यांक अनुसार गत असाेज १० देखि मंशिर ३० गतेसम्म साे संख्यामा मतदाता थपिएका हुन् ।

जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएकाे थियाे । अहिले पनि साेही संख्यामा क्षेत्रहरु छन् ।

३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको काभ्रेपलाञ्चोक जिल्लामा गत असाेज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषकाे संख्या १ लाख ५९ हजार २०५, महिलाकाे संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेकाे तथ्यांक थियाे ।

त्यसयता नयाँ तथ्यांक अनुसार कुल संख्या ३ लाख २६ हजार ६११ पुगेकाे हाे । जसमा पुरुषकाे संख्या १ लाख ६७ हजार ४९९, महिलाकाे संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् ।

पुस १२ गते निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार काभ्रेपलाञ्चोक जिल्लामा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरुले २१ गते हुने निर्वाचनमा भाग लिन सक्नेछन् ।

सरकारले निर्वाचन घाेषणा गरेयता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउन फाेटाे खिचाउनेकाे भीड बढेकाे थियाे । असाेज १० गते १९ जनाकाे फाेटाे खिचाइएकाे थियाे । याे अवधिमा सबैभन्दा धेरै कात्तिक २५ गते एकै दिन ४६५ जनाकाे फाेटाे खिचाइएकाे थियाे ।

जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् । जिल्लामा हाल १ सय ९० वटा मतदानस्थल र ३ सय ८९ वटा मतदान केन्द्र कायम छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार ०२:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP