बनेपा । २०८२ साल पौष १५ गते मंगलबार तदनुसार ३० डिसेम्बर २०२५ । एकादशी तिथी ४६ घडी ५ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र ४५ घडी २५ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग बब करण आज बिहान सूर्योदय ६:५६ मा र सूर्यास्त साँझ ५:१७ मा हुनेछ । आज मंगलबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। मानसम्मानमा वृद्धि भएर जानेछ। साथीभाइबाट प्रशस्त सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पूर्ण संचालनमा आउने देखिन्छ।
वृष राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। राजनीतिमा आफूलाई अगाडि लगाएर अरुले फाइदा लिन सक्ने सम्भावना प्रबलरुपमा बढेर गएको छ।
मिथुन राशि
व्यापार व्यवसायबाट राम्रो आम्दानी गर्न सकिनेछ। आयआर्जनमा वृद्धि भएर जानेछ। आफन्तको सहयोगले कार्यमा थप हौसला बढ्ने देखिन्छ । हराएको धनमाल भेट्टाउन सकिने सम्भावना बढेर गएको छ।
कर्कट राशि
राजनीतिमा सफलता पाइने योग छ । साथीभाइको सहयोग पाइने देखिन्छ । व्यवसायमा थप लगानी बढाइने योग रहेको छ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
सिंह राशि
मानसम्मानमा आघात पुग्ने देखिन्छ। लेखनशैलीमा कमी आउनेछ। । स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथै आयमा कमी आउने देखिन्छ । पठनपाठनमा असफलता पाइनुले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
लामो दूरीको यात्राको अवसर जुटेता पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ।
तुला राशि
नयाँ साथीको आगमनले काममा थप हौसला बढेर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। साझेदारी कामबाट प्रशस्तै लाभ लिन सकिने योग छ।
वृश्चिक राशि
थोरै कुरामा वादविवादमा फसिन सक्ने सम्भावना बढेर गएको छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। बौद्धिक कार्यमा बाधा आउने योग छ।
धनु राशि
न्यायिक काममा बाधा आउनेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कनसक्ने सम्भावना बढेर गएको छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।
मकर राशि
तरल पदार्थसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। । नयाँ कार्यको थालनीले सबैको प्यारो बनिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ। ।
कुम्भ राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। सामाजिक काममा समय व्यतित भएर जानेछ। लेखन शैलीमा तीव्रता आउनुका साथै नयाँ कामको थालनी हुनुका भोज भतेरमा समेत सहभागी भइनेछ।
मीन राशि
आफन्तबाट धोका पाइने योग छ । व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । जागिरमा अपजसको सामना गर्नुपर्ने योग छ। मातृ स्वास्थ्यमा समेत कष्टता पाइने योग छ। सजग रहनुहोला।
प्रतिक्रिया