• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

युएई पठाइदिन्छु भन्दै ५ लाख ठगी, एक जना पक्राउ

युएई पठाइदिन्छु भन्दै ५ लाख ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ टोखा नगरपालिका-६ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ घर भएका ३९ वर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरेको हाे ।

थापाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १५, मंगलवार ११:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP