• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रतिनिधिसभा निर्वाचनः उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिने

प्रतिनिधिसभा निर्वाचनः उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरेको छ ।

आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मंगलबार मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको विरोधमा आज उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेद्वारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । आयोगका अनुसार २ हजार ९२५ जनाको उम्मेद्वारी परेको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २ हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेद्वार ३ सय ३६ र पुरुष २ हजार ५८९ जना रहेका छन् । यस्तै, अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १ सय ३८ जनाको उम्मेद्वारी परेको आयोगले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ७, बुधबार ०१:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP