• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

प्रधानमन्त्री ओलीद्वारा भाेलिदेखि हुने आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्री ओलीद्वारा भाेलिदेखि हुने आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई आफ्नो चीन भ्रमणको कार्यतालिकाबारे जानकारी गराउनु भएको छ।

सभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उहाँले भदौ १४ देखि १८ गतेसम्म चीनको ५ दिने औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराउनु भएको हो । चीनको थियानजिनमा आयोजना हुने साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको उहाँले जानकारी दिनुभयो ।

भ्रमणको मूल उद्देश्य एससिओ सम्मेलनमा नेपालको दृष्टिकोण र प्राथमिकता प्रश्तुत गर्नु रहेको बताउँदै उहाँले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभयाे ।

एससिओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग नेपालसँग सम्बन्धित द्विपक्षीय तथा अन्य प्राथमिकताका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भ्रमणबाट नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवधारणा र प्राथमिकता स्पष्टरूपमा प्रस्तुत हुने विश्वास पनि व्यक्त गर्नुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०९:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP