• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण

सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा उत्साहजनकरुपमा क्रियाशील सदस्यता नवीकरण गरिएकाे छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट ११ हजार ८ सय ३१ जना क्रियाशील सदस्यको नवीकरणमार्फत संकलित १७ लाख ७४ हजार ८ सय ३० रुपैयाँ रकम जम्मा गरी आज केन्द्रीय कार्यालयमा बैंक भौचर बुझाइएको छ।

कांग्रेस सिन्धुपाल्चोकका सभापति तथा युवा एवं जुझारु नेता जंगबहादुर तामाङको नेतृत्वमा केन्द्रीय कार्यालय पुगेर उक्त भौचर औपचारिकरूपमा बुझाइएको हो ।

पार्टी संगठन सुदृढीकरणका लागि जिल्लाबाट उल्लेखनीय संख्यामा सदस्य नवीकरण हुनु सकारात्मक उपलब्धि भएको नेताहरूले बताएका छन् । नवीकरण अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ ।

यस सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेसका जिल्ला प्रवक्ता नवराज भट्टराईले सिन्धुपाल्चोक कांग्रेस संगठनलाई अझ मजबुत बनाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ९, बुधबार १४:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP