काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज उनले एक भिडियाे सन्देशमार्फत आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । ‘तपाईंहरूसँग मेरो कुनै दुस्मनी छैन । आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईंहरूलाई धेरै-धेरै धन्यवाद ।’ उनले भनेका छन् । साथै उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ खोलेकाे पनि जनाएका छन् ।
उनले नयाँ सरकारसँग आफ्ना धेरै अपेक्षा रहेकाे भन्दै आफ्नाे कसैसँग पनि दुस्मनी नरहेकाे बताए । इमान्दारीता सबैभन्दा ठूलाे कुरा रहेकाेमा जाेड दिँदै उनले आफ्नी श्रीमती रञ्जितासँग पनि कुनै गुनासाे नरहेकाे उल्लेख गरे । अब पहिलाे पुस्तालाई सम्मानका साथ राख्दै जेनजी आन्दाेलनलाई सामान्य नलिन चाैधरीले सबैलाई आग्रह पनि गरेका छन् । अबदेखि फेरि नयाँ ढंगले राजनीति शुरु गर्ने जनाउँदै उनले भनेका छन्, ‘धेरै अल्मलिनुभन्दा बाटाे बदल्नु ठिक साेचेर अघि बढ्दैछु । सबैले सहयाेग गर्नुहाेला ।’
प्रतिक्रिया