• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः तीन वटा प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

आजकाे माैसमः तीन वटा प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायमै छ । जसका कारण हाल कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।

राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमालीमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ११, आईतवार ०१:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP