काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको टम्टी आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि असार ७ गते हुम्लामा भूकम्पको धक्का महसुस गरिएको थियाे । साे दिन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जेठ २९ गते पनि संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया