• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन १४ एम्पुल र डाईजेपाम १४ एम्पुलसहित सोही महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३१ वर्षीय एलिस श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय सुभम साहसमेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-६ बस्ने ३१ वर्षीय श्रवण यादवसमेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ४ सय ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले श्रवणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्रामसहित नुवाकोट सूर्यगढी गाउँपालिका-४ बस्ने ३१ वर्षीय अबिरल परियारसमेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०१-००१ च ०४४१ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ लल्का पुल नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ७ सय ग्रामसहित मकवानपुर घर भएका १९ वर्षीय विनोद मुक्तानसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ३१५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडक घाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-८ पचुइ बस्ने २९ वर्षीय ग्रिससिंह ऐरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ४, बुधबार १४:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP