• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

अजरबैजान पठाइदिन्छु भन्दै ४ लाख ठगी, एक जना पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ४ लाख ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-३१ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।

महेन्द्रले अजरबैजान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरुकाे उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको उनलाई लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १२, सोमबार १२:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP