काठमाडौँ । ०८२ साल माघ १५ गते बिहीबार तदनुसार २९ जनवरी २०२६ । एकादशी तिथी १२ घडी ३७ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ हुनेछ । मृगशिरा नक्षत्र ५३ घडी ३२ पला उप्रान्त आर्द्रा नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र योग बयब करण आज बिहान सूर्योदय ६:५५ मा भयो भने सूर्यास्त साँझ ५:४० मा हुनेछ । आज बिहीबार चन्द्रमा बृष राशि ।
मेष राशि
पारिवारिक समस्याले सताउने योग छ । स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। सञ्चित धनको नाश हुनुका साथै झुट्टा आरोपको समेत सामना गर्नुपर्ने देखिन्छ।
वृष राशि
मांगलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मानसम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा सफलता पाइनुका साथै तरल पदार्थसम्बन्धी व्यवसायबाट लाभ लिन सकिनेछ।
मिथुन राशि
आफूलाई काममा अघि लगाएर फाइदा आफैंले लिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ। स्वास्थ्यमा उतारचढाव आउने योग छ। पैत्रिक सम्पत्तिमा विवाद आउने छ ।
कर्कट राशि
अधुरा काम पूरा भएर जाने देखिन्छ। पठनपाठनमा सफलता पाइने योग छ। पशु तथा चौपायाबाट मनग्य लाभ लिन सकिने योग छ। आफन्तको सहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
सिंह राशि
पेशागत काममा समस्या आउने देखिन्छ । पारिवारिक समस्याले सताउनेछ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको योग छ । आर्थिक क्षेत्रमा ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
मानसम्मानमा आघात पुग्ने देखिन्छ। वैदेशिक कार्यमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। जागिरमा अपजसको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा आएको परिवर्तनरुपी मिठासले सबैको प्यारो बनिनेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
वृश्चिक राशि
परिवारमा नयाँ कार्यको थालनी हुनेछ। जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिने योग छ। माङ्गलिक कार्यमा सहभागी भइनुका साथै प्रेमिप्रेमिकाबीच माधुर्यता छाउने छ।
धनु राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। गरिरहेको काममा वादविवादको सामना गर्नुपर्नेछ। धनमाल हराउनुका साथै परिवारमा असामानजस्य विवाद बढेर जानाले मनमा चिन्ता बढ्ने योग छ।
मकर राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवाद बढेर जानेछ। पराक्रममा ह्रास आउने योग छ। पतिपत्नीबीच मनमुटावको सिर्जना हुने देखिन्छ। गरिरहेको काममा ढिलासुस्ती भएर जानाले मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। विश्वास गरेका साथीभाइको सरसहयोगबाट नयाँ कार्यको थालनी हुनेछ। वैदेशिक कार्यबाट लाभ मिल्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
मीन राशि
नयाँ कार्यको थालनी हुनेछ । लेखन शैलीमा तीव्रता आउनेछ । आकस्मिकरुपमा धनलाभ मिल्नुका साथै आर्थिक लेनदेनमा वृद्धि भएर जानेछ। नयाँ साथीको आगमन हुने व्यापार बढाइने योग छ।
प्रतिक्रिया