• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ साल माघ १६ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ साल माघ १६ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । ०८२ साल माघ १६ गते शुक्रबार तदनुसार ३० जनवरी २०२६ । द्वादशी तिथी ६ घडी ७ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ । आरद्र नक्षत्र ४९ घडी ५३ पला उप्रान्त पुनर्बशु नक्षत्र प्रारम्भ हुनेछ । बैभव योग कौलव करण आज बिहान सूर्योदय ६:५४ मा भयो भने सूर्यास्त साँझ ५:४१ मा हुनेछ । आज शुक्रबार चन्द्रमा मिथुन राशि ।

मेष राशि
बोलीमा मिठास छाउनेछ । आयआर्जनमा वृद्धि भएर जाने देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनुका साथसाथै आकस्मिकरुपमा धनलाभ मिल्ने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।

वृष राशि
आकस्मिकरूपमा कलह बढेर जानेछ । पठनपाठनमा बाधा आउनेछ। सञ्चय धनको नाश हुनुका साथसाथै आफूले राम्रो बोल्दा पनि अर्काले नराम्रो सुन्ने अवस्था सिर्जित भएको छ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । पराक्रम बढेर जानेछ। धार्मिक यात्राको अवसर मिल्नेछ । पारिवारिक सरसहयोगले कार्यमा थप हौसला बढ्नका साथै भोजभत्यानमा सहभागी भइनेछ।

कर्कट राशि
आयमा कमी आउनेछ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा उत्तरचढाव आउनुका साथै बाेलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्न सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

सिंह राशि
काममा ढिला सुस्ती भएर जानेछ । बोलीमा कठोरता आउनका साथै लामो समयदेखि चल्दै आएको काममा विवाद आउने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने देखिन्छ।

कन्या राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । पारिवारिक कलसमेत बढ्ने देखिन्छ। विचार पुर्‍याएर अगाडि बढ्नुहोला।

तुला राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा माधुर्यता छाउनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका काम सुचारु हुने देखिन्छ।

वृश्चिक राशि
जग्गामा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । नयाँ साथीको आगमनले काममा थप लगानी बढ्नुका साथै प्रेम गर्ने अवसर जुट्नेछ।

धनु राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। आँखासम्बन्धी समस्याले सताउने देखिन्छ ।दुःखद खबर सुन्नुपर्ने देखिन्छ । जग्गा जमिनमा असहजको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।

मकर राशि
दाजुभाईमा क्लब बढेर जानेछ । रक्तसम्बन्धी समस्याले सताउने योग छ। लेखन शैलीमा कमी आउनेछ । गरिरहेको काममा ढिलासुस्ती भएर जानाले मानसिक तनाव बढेर जाने देखिन्छ।

कुम्भ राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। पतिपत्नीबीच कलह बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

मिन राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। नयाँ कार्यको थालनी हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १६, शुक्रबार ००:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP