काभ्रे । काभ्रेकाे नमाेबुद्ध नगरपालिका वडानम्बर- २ मा रहेकाे ग्रामिण पाठशाला निजी विद्यालयमा विद्यार्थी बाेक्न कवाड गाडी प्रयाेगमा रहेकाे पाइएकाे छ ।
शुक्रबार बनेपाबाट भकुण्डेवेँसी जाने क्रममा साे बसका सबै सिटहरु थाेत्रा भएकाे र पनि विद्यार्थी बाेक्न प्रयाेगमा रहेकाे पाइएकाे हाे । अभिभावकबाट शुल्क मात्र लिने ? अनि सेवा सुविधा यही हाे त ? लापरबाहीकाे याे हद ?, खै मानवीय संवेदनशीलता ?
तस्बीरमा देखिएका यी च्यातिएका र कवाडखानामा थन्किएकाे भन्दा पनि गएगुज्रेका सिट भएकाे याे बस । एउटा सिट हाेइन, दुई वटा मात्र पनि हाेइन । पूरै बसका सिटहरु याे हालतमा छन् । याे कुनै कवाडखानाकाे दृष्य भने हाेइन । काभ्रेकाे नमाेबुद्ध नगरपालिका वडानम्बर ३ मा रहेकाे ग्रामिण पाठशाला निजी विद्यालयले विद्यार्थी बाेक्ने स्कुल बस हाे । जुन अहिले पनि नियमित संचालनमा छ ।

यस विद्यालयले कक्षा युकेजीकाे मासिक फि ३५०० उठाउँछ । तर यी सिटमा बसेर विद्यालय जाने बालबालिकाकाे मानसिकता कस्ताे हुन्छ हाेला ? अनि अभिभावकबाट चर्काे शुल्क लिने र सुविधा यस्ताे दिने ? यसकाे निगरानी कसले गर्ने ? अनुगमनकारी निकाय कहाँ छ ? अनि अभिभावकहरुले पनि यस विषयमा आवाज उठाउनु पर्दैन ? सबै निजी स्कुल खराब छन् भन्न खाेजिएकाे हाेइन तर यतिसम्मकाे लापरबाही गर्न मिल्छ ?

याे विषयमा हामी निरन्तर फलाेअप गर्नेछाैँ । आज प्रत्यक्षरुपमा देखेर हामीले यसलाई समाचार बनायाैँ । अब विद्यालय र अभिभावककाे भनाइसहितकाे समाचार लिएर फेरि आउनेछाैँ ।
भिडियाे यस्ताे छः
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
प्रतिक्रिया