• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, केही प्रदेशमा हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, केही प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जसले गर्दा हाल तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

चिसाेले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १७, बिहीबार ०१:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP