• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे मौसम पूर्वानुमानः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

आजकाे मौसम पूर्वानुमानः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

देशको हिमाली भागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ ।

कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

राति तराईका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १८, आईतवार ०१:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP