• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बृद्धि, ६ महिनामा १० खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बृद्धि, ६ महिनामा १० खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुससम्म)मा नेपालमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।

पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

गत पुससम्ममा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।

गत ६ महिनामा २ लाख ६ हजार ८ सय ७ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ९४ हजार ७ सय ३३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ लाख ३० हजार ४ सय ३९ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ६२ हजार ६ सय २८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २०, मंगलवार ०१:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP