काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाका २ दर्जन युवा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । तेमाल-८ ल्लोङसालमा आज २० जना युवा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् ।
वडा कार्यसमितिले आयोजना गरेको प्रतिनिधिसभा-१ का उम्मेदवार गुणराज मुक्तानसँगको भेटघाट तथा चुनावी कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नवप्रवेशीहरुलाई टीका तथा खादा लगाई पार्टी प्रवेश गराएका छन् ।
कांग्रेस प्रवेश गर्नेमा उमेश थपलिया, बिमल परियार, बेलिमाया तामाङ, सुरा सिं भोम्जन, मानबहादुर भोम्जन, बिचारी थोकर, वीरबहादुर थोकर, सलाम सिं भोम्जन, ठुली कान्छी तामाङ, ङेमा तामाङ, पदमकुमारी राय, रोहित तामाङ, हीरालाल थोकर, नानीराम शिवभक्ति, गौरी बानियाँ, काइली तामाङ, गणेश खड्का र रामशरण शिवभक्ति लगायत छन् ।
त्यस्तै तेमाल-७ कुरुवासका युवासमेत नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पन्चमाया तामाङ, यांग्सुम तामाङ, सरिता तामाङ, दुर्गाकुमारी ठकुरीसमेत नेपाली कांग्रेस प्रवेश गरेको तेमाल कांग्रेसका सभापति ज्ञानबहादुर तामाङले बताए ।
प्रतिक्रिया