काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । आज प्रतिताेला ३ हजार रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ५०० कायम भएको छ।
याे हप्ता आइतबार ९ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार प्रतिताेला ४ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार ९०० रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार १ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार १०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।
गत हप्ता शुक्रबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घटेकाे थियाे । आइतबार पनि १८ हजार आठ सय रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार पनि १३ हजार चार सय रुपैँयाँले मूल्य घट्याे । मंगलबार भने प्रतिताेला ३ हजार सात सय रुपैँयाँले मूल्य बढ्याे । बुधबार १४ हजार ४०० रुपैँयाँले मूल्य बढेकाे थियाे । बिहीबार ९ हजार ५०० ले घटेकाे थियाे । शुक्रबार प्रतिताेला ४ हजार २०० रुपैँयाँले मूल्य घट्याे ।
यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ३४० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया