• २०८३ असार ३० | Tue, 14 Jul 2026

विद्या सागर स्कूलको ३० औं अभिभावक दिवस

विद्या सागर स्कूलको ३० औं अभिभावक दिवस

बनेपा । बनेपामा रहेको विद्या सागर इङ्गिस सेकेण्डरी स्कूलको ३० औं अभिभावक दिवस अन्तर्गत पहिलो चरणको कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षक कर्मचारीको विशेष उपस्थितीमा कक्षा नर्सरीदेखि चारसम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुती देखाएका थिए । विद्यार्थीहरुले नाटक, गितीकथा, कविता, नृत्य, गीतमार्फत अभिभावकको स्वागत गरेका थिए ।

काभ्रेपलाञ्चोकमै फरकरुपमा आयोजना हुने बार्षिकोत्सवमा यहाँका विद्यार्थीले स्वागत गर्ने शैली भने फरक हुने गरेको छ । सबै विद्यार्थीहरु अभिभावक दिवसमा कुनै न कुनै कार्यक्रममा सहभागी हुने गर्दछन् । त्यसमा उनीहरुले साथीको महत्व, आमाको महत्व, पढ्न किन आवश्यक छ भन्ने उदाहरण सोही अवसरमा प्रस्तुत गरेका थिए ।

फरक शैली र सोचका कारण विद्या सागर काभ्रेमा विशिष्ट पहिचान बोकेको विद्यालयमा पर्ने गरेको छ । दुई दिनसम्म आयोजना हुने कार्यक्रम शनिबार पनि चल्ने विद्यालयका अध्यक्ष हिराशर्मा नेपालले जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १, शुक्रबार १३:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP