काठमाडौँ । शेयर बजार मापक नेप्से आज ८.१६ अंकले घटेको छ। यससँगै परिसूचक २ हजार ६६२.९१ विन्दुमा झरेको छ ।
आज ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका मध्ये ८६ वटाको मूल्य बढ्दा १६३ वटाको घटेकाे छ । बाँकी ९ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
आज बुद्धभूमि नेपाल, रिलायन्स स्पाइनिङ र साल्पा विकास बैंकको शेयर सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६५ करोड ३ लाख २२ हजार मूल्य बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।
प्रतिक्रिया