• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्य चार हजार तीन सयले बढ्याे, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्य चार हजार तीन सयले बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि घटेकाे सुनको मूल्य बिहीबार भने बढेकाे छ । आज प्रतिताेला चार हजार तीन सय रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको छ ।

याे हप्ता आइतबार प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार रुपैँयाँले मूल्य घटेकाे थियाे । मंगलबार प्रतिताेला नाै सय रुपैँयाँले मूल्य घट्याे भने बुधबार एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे थियाे ।

गत हप्ता आइतबार ९ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार प्रतिताेला ४ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार ९०० रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार १ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार १०० रुपैँयाँ र शुक्रबार ३ हजार रुपैँयाँले मूल्य घट्याे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । १८० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६० कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार ०५:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP