• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

६९ औँ राष्ट्रिय सहकारी दिवस काभ्रेमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाइयाे

६९ औँ राष्ट्रिय सहकारी दिवस काभ्रेमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाइयाे

बनेपा । देशभरि नै सहकारी दिवस मनाइरहँदा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले पनि ६९ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाएको छ ।

सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रलाई थप सशक्त, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले संघले कार्यक्रम आयोजना गरेको हो । याे विगत वर्षहरुकै निरन्तरता पनि हाे । यस वर्षकाे सहकारी दिवसकाे नारा ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने तय गरिएकाे थियाे ।

शुक्रबार संघका अध्यक्ष अमन पोटेकाे अध्यक्षता, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यकाे प्रमुख आतिथ्यता तथा उपप्रमुख बिमला सापकाेटालगायतकाे विशेष आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

यसअघि पनि स्थापना दिवसको सन्दर्भ पारेर संघले विभिन्न कार्यक्रमहरु गरेकाे थियाे । सहकारीका सञ्चालक तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा गणेश र लक्ष्मीको प्राण प्रतिष्ठा, सहकारीको झण्डोत्तोलन, वृक्षारोपण, क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष भेला जस्ता कार्यक्रमहरू सम्पन्न गरिएको अध्यक्ष अमन पाेटेले जानकारी दिनुभयाे । सहकारी क्षेत्रलाई आर्थिक समृद्धिको बलियो आधारका रूपमा विकास गर्न संघले निरन्तर योजना निर्माण र कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयाे ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारी क्षेत्रका समस्या समाधानमा स्थानीय सरकार सक्रिय रहेको बताउँदै प्रदेश र संघीय तह अन्तर्गत रहेका सहकारी संस्थाहरूका कारण बचतकर्ताहरूको रकम अझै जोखिममा रहेको बताउनुभयाे । समस्यामा भएका सहकारीहरुकाे नगरपालिकाले अनुसन्धान र अनुगमन गरिरहेकाे उहाँकाे भनाइ थियाे ।

कार्यक्रममा उपप्रमुख विमला सापकोटाले नगर क्षेत्रभित्र रहेका सहकारीहरूको व्यवस्थापन सुधार र उद्यमशीलता प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर समन्वय गर्दै आएको बताउनुभयाे । कार्यक्रममा संस्थाका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, राष्ट्रिय सहकारी बैंकका उपेन्द्र दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रम अन्तर्गत आयोजित फुटसल प्रतियोगितामा उत्कृष्ट टोलीहरूलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पाँचखालको स्वेच्छा बचत सहकारी प्रथम हुँदै नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्न सफल भयो । त्यसैगरी पनौतीको इन्द्रेश्वर सहकारीले दोस्रो हुँदै नगद १० हजार र बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत भयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २०, शुक्रबार १३:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP