• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

०८२ साल फागुन १७ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन १७ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल फागुन १७ गते आइतबार तदनुसार १ मार्च २०२६ । त्रयोदशी तिथी ३१ घडी ८ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ । तिष्य नक्षत्र ०५ घडी १४ पला उप्रान्त अत्लेषा नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग कौलव करण आज बिहान सूर्योदय ६:३१ मा भयो भने सूर्यास्त साँझ ६:०३ मा हुनेछ। आज आइतबार चन्द्रमा कर्कट राशिमा ।

१. मेष
आज आत्मबल बढ्ने दिन हो । रोकिएका काम पुनः सुरु गर्न सक्नुहुन्छ । कार्यक्षेत्रमा तपाईंको मिहेनत देखिनेछ र प्रशंसा पनि मिल्न सक्छ । परिवारमा तपाईंको निर्णयले सकारात्मक प्रभाव पार्नेछ । आर्थिक पक्ष सामान्य रहे पनि खर्च सोचविचार गरेर गर्नु राम्रो हुन्छ।

२. वृष
आज आर्थिकरूपमा सुधारको संकेत देखिन्छ । नयाँ अवसर वा अतिरिक्त आम्दानीको सम्भावना छ। पारिवारिक वातावरण शान्त र सहयोगी रहनेछ। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। कामकाजमा निरन्तरता आवश्यक छ।

३. मिथुन
आज बोलचाल र व्यवहारमा सावधानी अपनाउनु आवश्यक छ। सानो कुराले ठूलो विवाद निम्त्याउन सक्छ। काम वा अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्छ। यात्राको योग देखिए पनि ढिलाइ हुन सक्छ। मानसिक तनाव घटाउन ध्यान वा मनपर्ने काम गर्नु लाभदायक हुन्छ।

४. कर्कट
घर परिवारसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। आफन्तबाट सहयोग वा सल्लाह प्राप्त हुन सक्छ। आज मन भावनात्मक भए पनि सकारात्मक सोचले काम गर्दा फाइदा हुनेछ। जागिर वा व्यवसायमा विस्तारै सुधार आउने संकेत छ।

५. सिंह
आज मान–सम्मान र प्रतिष्ठा बढ्ने दिन हो। नेतृत्वदायी काम गर्न अवसर मिल्न सक्छ। नयाँ जिम्मेवारी आए पनि तपाईं सफलतापूर्वक पूरा गर्नुहुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। तर घमण्ड र रिस नियन्त्रण गर्न आवश्यक छ।

६. कन्या
आज काममा अलि बढी मिहेनत गर्नुपर्ने दिन हो । सानो गल्तीले समस्या ल्याउन सक्छ, त्यसैले ध्यानपूर्वक काम गर्नुहोस्। आर्थिकरूपमा मध्यम दिन हो । स्वास्थ्यमा पेट वा एलर्जीसम्बन्धी समस्या देखिन सक्छ, खानपानमा सचेत रहनुहोस् ।

७. तुला
आज सामाजिक र पारिवारिक दुवै क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रको सहयोगले काम सजिलो बन्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। कानुनी वा कागजी काम सफल हुने सम्भावना छ।

८. वृश्चिक
आज मन अलि अशान्त हुन सक्छ। गोप्य योजना वा विचार अरूसँग नबाँड्नु राम्रो हुन्छ। कामकाजमा धैर्य र संयम आवश्यक छ। शत्रुपक्ष सक्रिय भए पनि तपाईंको बुद्धिले परिस्थितीलाई नियन्त्रणमा राख्नुहुनेछ। ध्यान वा पूजा लाभदायक हुन्छ।

९. धनु
भाग्य अनुकूल रहने दिन हो । पढाइ, परीक्षा, तालिम वा यात्रामा सफलता मिल्नेछ। धार्मिक वा आध्यात्मिक काममा रुचि बढ्नेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। नयाँ योजना सुरु गर्न राम्रो दिन मानिन्छ।

१०. मकर
कामको दबाब बढ्न सक्छ, तर तपाईंको अनुशासन र मिहेनतले राम्रो नतिजा दिनेछ। वरिष्ठ व्यक्तिबाट सहयोग मिल्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ। स्वास्थ्यमा जोर्नी वा ढाड दुख्ने समस्या देखिन सक्छ, आराम आवश्यक छ।

११. कुम्भ
नयाँ सोच र रचनात्मक विचार जन्मिने दिन हो । सामाजिक काम वा समूहगत कार्यमा सफलता मिल्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनु राम्रो हुन्छ।

१२. मीन
आज मन शान्त र सन्तुलित रहनेछ। आध्यात्मिक कार्य, ध्यान वा पूजा गर्दा मानसिक सन्तुष्टि मिल्नेछ। परिवारसँग बिताएको समय लाभदायक हुनेछ। कामकाजमा धैर्य गरेमा राम्रो प्रगति हुनेछ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १७, आईतवार ००:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP