• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज २ हजार पाँच सयले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज २ हजार पाँच सयले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। आज प्रतिताेला २ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे हाे । आइतबार पनि ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार पनि ५ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख २८ हजार ६०० कायम भएको छ।

गत हप्ता आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार २०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार १ हजार ३०० ले बढेकाे थियाे । बुधबार सुनको मूल्य स्थिर रह्याे । बिहीबार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । शुक्रबार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेको छ। १७० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ८१५ रुपैंयाँ कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १९, मंगलवार ०८:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP