• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

०८२ साल फागुन २२ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन २२ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल फागुन २२ गते शुक्रबार तदनुसार ६ मार्च २०२६ । तृतीया तिथी २८ घडी १९ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र ०७ घडी ५९ पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । गन्ड योग बालव करण आज बिहान सूर्योदय ६:२६ मा भयो भने सूर्यास्त साँझ ६:०६ मा हुनेछ। आज शुक्रबार चन्द्रमा कन्या राशिमा ।

मेष राशि
आजको दिन आत्मविश्वास बढ्नेछ। कामकाजमा नयाँ अवसर देखिन सक्छ। पहिले गरेका प्रयासको फल पाउने समय छ। आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ ।

वृष राशि
आज धैर्य र संयम आवश्यक पर्ने दिन हो । काम ढिलो भए पनि अन्ततः सफल हुनेछ। व्यापारमा लगानी गर्नु अघि राम्ररी सोच्नुपर्छ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। पुरानो मित्रसँग भेटघाट हुन सक्छ।

मिथुन राशि
आज बुद्धि र बोलीको राम्रो प्रयोग गर्न सके सफलता मिल्नेछ। पढाइ, लेखन, कागजी काममा प्रगति हुनेछ। नयाँ योजना बनाउने दिन हो । दाम्पत्य जीवनमा कुराकानी बढ्दा सम्बन्ध अझ बलियो बन्नेछ।

कर्कट राशि
भावनात्मक पक्ष बलियो रहने दिन हो । परिवारको सहयोगले मन प्रसन्न हुनेछ। काममा अरूको भर पर्दा ढिलाइ हुन सक्छ, त्यसैले आत्मनिर्भर बन्नु राम्रो। आर्थिक लेनदेन गर्दा सावधानी अपनाउनुहोस्।

सिंह राशि
आज नेतृत्व क्षमता देखिने दिन हो । कार्यक्षेत्रमा सम्मान प्राप्त हुन सक्छ । नयाँ जिम्मेवारी आउने सम्भावना छ। खर्च बढ्न सक्छ तर आयको स्रोत पनि देखिनेछ। प्रेम सम्बन्धमा अहंकार त्याग्नु राम्रो।

कन्या राशि
आज योजनाबद्ध काम गर्दा राम्रो नतिजा आउनेछ। सानो कुरामा बढी चिन्ता नगर्नुहोस्। जागिर वा व्यापारमा स्थिरता रहनेछ। परिवारका सदस्यसँग मत मिल्नेछ। स्वास्थ्यमा खानपान सुधार गर्नुपर्ने देखिन्छ।

तुला राशि
आज सामाजिक काममा सक्रियता बढ्नेछ। नयाँ मानिससँग चिनजान हुनेछ। कानुनी वा कागजी काममा सफलता मिल्न सक्छ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। खर्च बढ्ने संकेत छ।

वृश्चिक राशि
आज मिहेनतको फल ढिलो भए पनि निश्चित छ। गोप्य योजना सफल हुन सक्छ। आर्थिक पक्षमा सुधार देखिनेछ। पारिवारिक तनाव कम हुँदै जानेछ। रिस र जिद्दीले काम बिगार्न सक्छ, संयम अपनाउनुहोस्।

धनु राशि
आज भाग्यको साथ मिल्ने दिन हो। अध्ययन, अध्यापन र धार्मिक काममा रुचि बढ्नेछ। टाढाको यात्रा वा शुभ समाचार प्राप्त हुन सक्छ। आर्थिक स्थिती मजबुत बन्ने संकेत छ। स्वास्थ्य राम्रो रहनेछ।

मकर राशि
आज जिम्मेवारी बढ्ने दिन हो। कामको चाप भए पनि धैर्यले सामना गर्नुपर्नेछ। आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। परिवारमा वृद्ध सदस्यको स्वास्थ्यप्रति ध्यान दिनुहोस्।

कुम्भ राशि
आज नयाँ सोच र योजनाले मन उत्साहित रहनेछ। साथीभाइको सहयोग मिल्नेछ। व्यापारमा फाइदा देखिन्छ। प्रेम सम्बन्धमा स्पष्टता आउँछ। खर्च र आम्दानी सन्तुलनमा रहनेछ।

मीन राशि
आज आध्यात्मिक र मानसिक शान्तिको दिन हो। पुरानो समस्याको समाधान मिल्न सक्छ। काममा ध्यान केन्द्रित गर्न सके राम्रो प्रगति हुनेछ। परिवारसँग समय बिताउँदा मन प्रसन्न हुनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ००:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP