• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सर्लाही ४ः रास्वपाका अमरेशकुमार विजयी, गगन थापा १२ हजार ८५७ मतान्तरले पराजित

सर्लाही ४ः रास्वपाका अमरेशकुमार विजयी, गगन थापा १२ हजार ८५७ मतान्तरले पराजित

काठमाडौँ । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।

यो जीतसँगै अमरेशले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो ।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौँ ४ मा ह्याट्रिक जीत पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापा पराजित भए ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २४, आईतवार ०१:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP