• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

कसैको दबाबमा गृहमन्त्रीलाई हटाउने निर्णय हुन सक्दैनः प्रधानमन्त्रीकाे सचिवालय (विज्ञप्ति)

कसैको दबाबमा गृहमन्त्रीलाई हटाउने निर्णय हुन सक्दैनः प्रधानमन्त्रीकाे सचिवालय (विज्ञप्ति)

काठमाडौँ । कसैको दबाब वा प्रभावमा परेर गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले यस्ता समाचारकाे पछि नलाग्न अनुराेध गरेको छ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री अर्याललाई हटाउन काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु भ्रमपूर्ण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

‘यस संवेदनशील परिस्थितीमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।’ श्रेष्ठले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १३, बिहीबार ०४:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP