• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे माैसमः सबै प्रदेशमा बदली र केहीमा वर्षाकाे सम्भावना

आजकाे माैसमः सबै प्रदेशमा बदली र केहीमा वर्षाकाे सम्भावना

काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ।

बाँकी पहाडी भागमा आंशिक बादल र तराईका केही स्थानहरूमा तुवाँलो लागेको छ।

दिउँसाे सबै प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २५, सोमबार ०१:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP